शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

images
बिहीबार , वैशाख ११ २०८२
images
पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

अहिले सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन भइरहेका छन्।

images
images

सङ्खुवासभा- उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ।

images
images
images

लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका-३ धर्मद्वारस्थित खाँदबारी-किमाथांका खण्ड अवरुद्ध भएको हो।

images
images

बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी-किमाथांका खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।

images
images

उनका अनुसार सडक अवरुद्ध हुँदा मकालु-३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर-दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ।

अहिले सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन भइरहेका छन्। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend