बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

अनुदानका लागि शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचीकृत

बिहीबार , वैशाख ११ २०८२
अनुदानका लागि शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचीकृत

कृषि पेसा व्यवसायमा संलग्न किसानलाई उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचीकरण गरिएको हो।

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाका दुई हजार ५५२ घरघुरीका किसानलाई सूचीकरण गरिएको छ। कृषि पेसा व्यवसायमा संलग्न किसानलाई उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचीकरण गरिएको हो।

किसान सूचीकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदानलगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचीकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करण बुढाऐरले बताए।

उनका अनुसार नगरपालिकाको-१, ११ र १२ मा किसान सूचीकरण गरिएको छ। जसअनुसार वडा नं १ मा ४६८, वडा नं ११ मा एक हजार २१ र वडा नं १२ मा एक हजार ६३ गरी दुई हजार पाँचसय ५२ घरघुरीलाई सूचीकरण गरिएको छ।

आगामी आवमा नगरपालिका-२, ३, ४, १० र ५ मा किसान सूचीकरण कार्य गरिने उनले बताए। कृषि विषय अध्ययन गर्नेलाई परिचालन गरी सूचीकरण कार्य गरिएको उनको भनाइ रहेको छ।

'सूचीकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठूलो-सानो गरी वर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ', उनले भने, 'सूचीकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्य अगाडि बढाउन सकिन्छ।' रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend