शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

अवरुद्ध गल्फागाड श्रीनगर सडक सञ्चालन, सहज बन्दै स्थानीयको दैनिकी

images
बिहीबार , वैशाख ११ २०८२
images
अवरुद्ध गल्फागाड श्रीनगर सडक सञ्चालन, सहज बन्दै स्थानीयको दैनिकी
फाइल तस्बिर

बैशाख ४ गते परेको अविरल वर्षासहितको पहिरोका कारण भत्काएको सडक मर्मतपछि सञ्चालनमा आएको हो।

images
images

हुम्ला- बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडकखण्ड सञ्चालनमा आएको छ। बैशाख ४ गते परेको अविरल वर्षासहितको पहिरोका कारण भत्काएको सडक मर्मतपछि सञ्चालनमा आएको हो। 

images
images
images

नियमित सञ्चालन हुने उक्त सडक वर्षाका कारण एक सातादेखि पूर्णरुपमा अवरुद्ध भएको थियो। गाउँपालिकाले जेसिभीमार्फत निरन्तर मर्मत गरेपछि सञ्चालनमा आएको हाे। गाउँपालिकाले चार दिन मर्मत गरेपछि बिहिबार बिहानदेखि सडक सुचारु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोद बुढाले जानकारी दिए।

images
images

कर्णाली करिडोरबाट गाउँपालिकाको केन्द्र जोड्ने एक मात्र विकल्प रहेको उक्त सडकखण्ड अवरुद्ध भएपछि गल्फा गाडलगायतका क्षेत्रका नागरीकलाई असहज भएको थियो। निरन्तर एक हप्तासम्म यातायात ठप्प भएपछि गाउँमा दैनिक उपभोग्य सामग्रीको अभावले हाहाकार भएको व्यवसायी नवराज महताराको भनाइ छ।

images
images

त्यति मात्र नभई पालिकाको व्यवसाय, निर्माणका सामग्री ढुवानी गर्ने मालबाहक ट्रक एक सातादेखि गल्फागाडमा रोहिएका थिए। आजबाट पूर्ववत् अवस्थामा स्थानीयको दैनिकी सञ्चालन हुन थालेको गाउँपालिका कार्यालयले जनाएको छ। 

एक साता सडक बन्द हुँदा पालिकामा विभिन्न सामग्री अभाव सुरु हुन थालेको थियो। यसैबीच अवरुद्ध सडकखण्ड खुल्दा व्यवसायीदेखि उपभोक्ता सबैलाई सहजभएको छ। नेपालगञ्ज सुर्खेतलगायतका सहरी क्षेत्रमा करिब दुई घण्टाको पैदलबाटो मार्फत कर्णाली करिडोरमा गएर मात्रै बस चढ्नुपर्ने बाध्यता पनि हटेको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend