शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत

images
बिहीबार , वैशाख ११ २०८२
images
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत

धुर्मस-सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिइ काम अघि बढाएको थियो।

images
images

चितवन- यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत सम्पन्न भएको छ। भरतपुर महानगरपालिका-१५ स्थित संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशाला निर्माण गरिरहेको छ।

images
images
images

धुर्मस-सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिइ काम अघि बढाएको थियो। हिमालयन कालिन्चोक बीबीआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ। महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा ‘प्याराफिट’मध्ये एउटाको ढलान सम्पन्न गरिएको छ। अर्को ढलानको तयारीमा छ।

images
images

दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी हुँदै छ। अहिले दैनिक १७० जनाभन्दा बढी कामदारले बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको आचार्यले बताए। छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उनको भनाइ छ।

images
images

गत साउनदेखि बीबीआर जेभीले निर्माण सुरु गरेको हो। २०८३ पुस २२ गतेसम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का लगाइएको हो। रंगशाला निर्माणका लागि संघीय सरकारले २५ करोड र प्रदेश सरकारले १० करोड रुपैयाँ उपलब्ध गराइसकेका छन्।

प्रदेश सरकारले ७० प्रतिशत र संघीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रंगशालाको काम अघि बढेको हो। अन्तर्राष्ट्रिस्तरको मापदण्डअनुसार रंगशाला निर्माण भइरहेको छ। पहिलो चरणको यो काम सम्पन्न भएसँगै अन्तर्राष्ट्रिस्तरका खेल यहाँ आयोजना गर्न सकिने छ।

त्रिभुवन विश्व विद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्व विद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा रंगशाला निर्माण भइरहेको छ। गर्मी भएकाले साँझ र रात्रीकालिन समयमा समेत खेल खेलाउन बत्तिको व्यवस्था गर्न महानगरपालिकाले संघीय सरकारसँग अनुरोध गरेको छ।

महानगरपालिका प्रमुख रेनु दाहालले सम्झौताअनुसार काम भइरहेको बताएकी छन्। महानगरबाट गर्नुपर्ने आवश्यक सहजीकरण महानगरले गरिरहेको उनको भनाइ छ। सम्झौता अवधिभित्रै काम सम्पन्न हुनेमा विश्वस्त रहेको समेत महानगर प्रमुख दाहालको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend