बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

यातायात कार्यालय बाराद्वारा बैशाखको पहिलो सातासम्ममा ७ करोड ३६ लाख राजस्व संकलन

बिहीबार , वैशाख ११ २०८२
यातायात कार्यालय बाराद्वारा बैशाखको पहिलो सातासम्ममा ७ करोड ३६ लाख राजस्व संकलन

कार्यालयका अनुसार तीन महिनायता प्रतिमहिना औसतमा एक करोड दुई लाख रूपैयाँ रकम राजस्व संकलन हुँदै आएको छ।

वीरगञ्ज- बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको बैशाखको पहिलो सातासम्ममा सात करोड ३६ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। 

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले संकलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढंगले वृद्धि भइरहेको र यस अवधिसम्म ७ करोड ३६ लाख ५७ हजार ६ सय ७५ रूपैयाँ राजस्व संकलन भएको जानकारी दिए।

'कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म चार करोड ३० लाख रूपैयाँ राजस्व संकलन गरेको थियो। त्यसयता बैशाखको पहिलो सातासम्म तीन करोड ६ लाख ५५ हजार रूपैयाँ राजस्व संकलन भएको छ। पछिल्ला महिनामा राजस्व संकलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ', उनले भने।

कार्यालयका अनुसार तीन महिनायता प्रतिमहिना औसतमा एक करोड दुई लाख रूपैयाँ रकम राजस्व संकलन हुँदै आएको छ।

कार्यालयले आन्तरिक सुशासन र सेवाप्रवाहलाई चुस्त बनाएसँगै राजस्व संकलन बढेको जनाएको छ। यस रकममध्ये सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुरबाट तीन करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट तीन करोड ४० लाख ३९ हजार ९ सय ४३ रूपैयाँ रकम राजस्व संकलन भएको छ।

यातायात क्षेत्रको आम्दानीबापत ४० लाख ८४ हजार ५ सय ४० रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

अन्य प्रशासनिक सेवा शुल्कबापत २५ हजार ५ सय रूपैयाँ र बेरुजुबापत ६७ हजार ३ सय ३६ रूपैयाँ रकम संकलन भएको छ। कार्यालयले चालु आवमा करिब १० करोड रूपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend