बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

टहरा भत्काएर सडक विस्तार

बिहीबार , वैशाख ११ २०८२
टहरा भत्काएर सडक विस्तार

हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुूगे पुलतर्फ सडकका दुवै किनारमा  ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ।

म्याग्दी- मालिका गाउँपालिका-६ दरवाङका बासिन्दाले आफै घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन्।

दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरआँगनका संरचना भत्काएका मालिका गाउँपालिका-६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।

यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर पाँच दशमलव पाँच मिटर फराकिलो बनाइएको उनले जानकारी दिए।

हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुंगे पुलतर्फ सडकका दुवै किनारमा  ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ।

मालिका गाउँपालिकाले ४७ लाख ५३ हजार रूपैयाँ अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले पाँच लाख ४१ हजार आठ सय ३३ रूपैयाँ बराबरको श्रमदान गरेका थिए। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend