बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

उपप्रधानमन्त्री सिंह र भारतका विद्युतमन्त्रीबीच भेटवार्ता, सहरीकरणको क्षेत्रमा सहकार्यबारे छलफल

बुधबार, वैशाख १० २०८२
उपप्रधानमन्त्री सिंह र भारतका विद्युतमन्त्रीबीच भेटवार्ता, सहरीकरणको क्षेत्रमा सहकार्यबारे छलफल

भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ।

काठमाडौं- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतीय विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ।

मन्त्री खट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ।

‘भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहोरमैला व्यवस्थापन र सहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यिनै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको छ,’ भेटपछि सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भने।

उनले नपाल र भारत सरकारबीच सहरीकरणका अनुभव आदाप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा छिट्टै सहमति भएपछि सहरी विकासको क्षेत्रमा दुई देशबिच औपचारिक सहकार्य अघि बढ्ने पनि जानकारी दिए। 


प्रकाशित : बुधबार, वैशाख १० २०८२१७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend