शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतीय अर्बपति मुकेश अम्बानीले किने १३ करोड भारुमा रोल्स रोयर कुलिनन्, भारतकै सबैभन्दा महँगो कार

आइतबार, माघ २३ २०७८
भारतीय अर्बपति मुकेश अम्बानीले किने १३ करोड भारुमा रोल्स रोयर कुलिनन्, भारतकै सबैभन्दा महँगो कार

सुपर लक्जरी एसयूभी कुलिनन् ६.७५ लिटर ट्वीन टर्बो भी१२ रोल्स रोयस इन्जिन रहेको छ। 

काठमाडौं- भारतीय अर्बपति मुकेश अम्बानी रोल्स रोयस कार किनेका छन्। उनले रोल्स रोयसको कुलिनन् कार १३ करोड १४ लाख भारु (२१ करोड २ लाख ४० हजार रुपैयाँ)मा खरिद गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ। 

रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष अम्बानीले किनेको उक्त कार जनवरी ३१ मा दर्ता भएको हो। उनले किनेको रोल्स रोयस कुलिनन् पेट्रोल भेरियन्टको हो। 

रोल्स रोयसले २०१८ मा सार्वजनिक गरेको कुलिनन् विलाशी कारको मूल्य त्यतिबेला ६.७५ करोड भारु थियो। तर अहिले अम्बानीले किनेको रोल्स रोयस कुलिनन् कारमा उनको आग्रहमा कस्टुमाइज गरेकाले महँगो परेको हो।

भी१२ इन्जिन भएको यो कारले ५ सय ६४ बीएचपी पावर जेनेरेट गर्छ। सुपर लक्जरी एसयूभी कुलिनन् ६.७५ लिटर ट्वीन टर्बो भी१२ रोल्स रोयस इन्जिन रहेको छ। 

यो कारमा १२ लाख भारुको विशेष नम्बर प्लेट जडान गरिएको छ। भारतमा एकैपटक कर तिरेर कार दर्ता हुने गरेको छ। रोल्स रोयस कुलिनन्का लागि रिलायन्स इन्डष्ट्रिले २० लाख कर तिरेको छ जसको अवधि ३० जनवरी २०३७ सम्म रहने छ। यो कारका लागि थप ४० हजार रोड सेफ्टी कर तिरिएको छ। 

रोल्स रोयसको यो कुलिनन् कार भारतमा बिक्री भएको सबैभन्दा महँगो कार भएको अनुमान गरिएको छ। 


प्रकाशित : आइतबार, माघ २३ २०७८०९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend