शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३
पर्यटन विधेयक

सगरमाथा आरोहणको अनुमतिका लागि ७ हजार मिटरमाथिको एउटा हिमाल आरोहण अनिवार्य

बुधबार, वैशाख १० २०८२
सगरमाथा आरोहणको अनुमतिका लागि ७ हजार मिटरमाथिको एउटा हिमाल आरोहण अनिवार्य

विधेयक संसदबाट पारित भएपछि मात्रै कार्यन्वयनमा जाने छ। यसबाट नेपालको अन्य हिमालको समेत प्रवर्द्धन हुनेछ।

काठमाडौं- विश्वकै अग्लो शिखर सगरमाथा आरोहणका लागि अव नेपालकै कुनै एक ७ हजार मिटरभन्दा माथिको हिमाल अनिवार्य आरोहण गरेको हुनुपर्ने व्यवस्था गर्न लागिएको छ।

पर्यटनसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ मा उक्त व्यवस्था गरिएको हो। सगरमाथामा भिड बढ्दै गएपछि सरकारले नियमनको नयाँ तरिका अपनाएको हो।

राष्ट्रिय सभामा दर्ता भएको विधेयकको परिच्छेद ३ को पर्वतारोहणसम्बन्धी व्यवस्थाअन्तर्गत उपदफा ६ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालको कम्तीमा सात हजार मिटरभन्दा अग्लो कुनै एउटा हिमचुली आरोहण गरेको अभिलेख पेस गरेपछि मात्र सगरमाथा आरोहणको अनुमतिपत्र जारी गरिने व्यवस्था गरिएको छ।

वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि २ सय ७७ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ५० आरोही समूहका कुल २ सय ७७ जनाले अनुमति पाएका हुन्। आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरू धमाधम गन्तव्यतर्फ लागिरहेका छन्।

विधेयक संसदबाट पारित भएपछि मात्रै कार्यन्वयनमा जाने छ। यसबाट नेपालको अन्य हिमालको समेत प्रवर्द्धन हुनेछ।


प्रकाशित : बुधबार, वैशाख १० २०८२१६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend