बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेसको चासो, प्रवक्ता महत भन्छन्- राजीनामाकै भरमा मुद्दा हाल्नु गतल

बुधबार, वैशाख १० २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेसको चासो, प्रवक्ता महत भन्छन्- राजीनामाकै भरमा मुद्दा हाल्नु गतल

'कसैले राजीनामा दिएकै आधारमा अदालतमा मुद्दा हाल्नु गलत छ। गभर्नरमा सिफारिस नै नभएको व्यक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्न मिल्दैन', उनले भने।

काठमाडौं- गभर्नर नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइप्रति सत्तारुढ दल नेपाली कांग्रेसले चासो व्यक्त गरेको छ। गभर्नर कांग्रेसले पाउने सहमति भए पनि नियुक्ति प्रक्रिया अगाडि नबढ्नु दुखद् भएको नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशरण महतले बताएका छन्।

आर्थिक, मौद्रिक तथा बैंकिङ क्षेत्रको अनुभवी व्यक्तिलाई गभर्नर बनाउन कांग्रेसले भनेपनि सरकारले नियुक्ति प्रक्रियामा ढिलाइ गरेको डा.महत बताउँछन्। 'आर्थिक तथा मौद्रिक क्षेत्र बुझेको व्यक्तिलाई गभर्नर बनाउन नेपाली कांग्रेसले सरकारलाई भनिसकेको छ। तर, अहिलेसम्म पनि गभर्नर नियुक्ति प्रक्रिया अगाडि नबढ्नु दुखद् पक्ष हो। सरकारले चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्छ', डा.महतले भने।

डा.गुणाकर भट्टप्रति लक्षित गर्दै डा.महतले कसैले राजीनामा दिएकै भरमा ऊविरुद्ध मुद्दा हाल्नु अनुचित भएको समेत बताए। कसैले 'काम गर्दिनँ र राजीनामा गर्छु' भन्दा पाउनुपर्ने उनको भनाइ छ।

'कसैले राजीनामा दिएकै आधारमा अदालतमा मुद्दा हाल्नु गलत छ। गभर्नरमा सिफारिस नै नभएको व्यक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्न मिल्दैन। कसैले काम गर्दिनँ, राजीनामा गर्छु भन्न पनि नपाउने त हुँदैन होला', उनले भने।

राष्ट्र बैंकमा डेपुटी गभर्नर नीलम ढुंगाना कामु गभर्नरमात्रै भएको उनले बताए। नयाँ गभर्नरले जिम्मेवारी सम्हालेसँगै उनको कामु गभर्नरको भूमिका पनि सकिने डा.महतले बताए।

गभर्नर सिफासि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिए पनि अर्को सदस्य नियुक्त गरेर अविलम्ब गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने पनि उनले बताए।


प्रकाशित : बुधबार, वैशाख १० २०८२१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend