शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर-ढोडेनी सडक, असारभित्र सक्नेगरी धमाधम काम

images
बुधबार, वैशाख १० २०८२
images
ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर-ढोडेनी सडक, असारभित्र सक्नेगरी धमाधम काम
फाइल तस्बिर

विश्व बैंकले नेपाललाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले तीनवटा सडक कालोपत्र गर्न ५८ करोड रूपैयाँ अनुदान पाएको थियो।

images
images

ढोरपाटन- बागलुङको ओढारचौर-ढोडेनी सडक ट्रयाक खुलेको २६ वर्षपछि स्तरोन्नति हुन थालेको छ। विसं २०५६ मा स्थानीयले गैँची र कोदालोको सहायताले ट्रयाक खोलेको सडक साढे दुई दशकपछि स्तरोन्नति हुन थालेको हो।

images
images
images

तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको पाँच लाख रूपैयाँ र ढोडेनीका स्थानीयले २०५६ सालमा ३६ दिनसम्म श्रमदान गरेर निर्माण गरेको सडक आगामी असार महिनाभित्र कालोपत्र हुनेगरी धमाधम काम भइरहेको छ।

images
images

विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले तीनवटा सडक कालोपत्र गर्न ५८ करोड रूपैयाँ अनुदान पाएको थियो। उक्त बजेटबाट कालोपत्र गर्नका लागि बागलुङ नगरपालिकाले ओढारचौर-ढोडेनी फोर्से सडकसँगै वडा नम्बर १ गणेशथान घुम्ती-माझीबस्ती-निरयघाट सडक र वडा नम्बर ७ को मूलपानी स्कुल हर्राचौर कालीमाटी-तितौरे सडक छनोट गरेको थियो।

images
images

नगरपालिकाले ०८१ जेठ १५ गते आशिष/फेवा जेवीसँग १२.५ किलोमिटर सडक कालोपत्र गर्न ४९ करोड २१ लाख रूपैयाँमा २०८२ असार ३० भित्रमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो। लामो समयपछि सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी भएका छन्।

बागलुङ-४ ढोडेनीका प्रेमप्रसाद आचार्यले २६ वर्ष अगाडि आफू ५४ वर्षको उमेर हुँदा कम्मरमा लट्ठा बाँधेर गैँची र कोदालोले ओढारचौरको पहरो फोडेर सडक निर्माण गरेको स्मरण गरे। आफूले भोगेको दु:ख छोरानातिले नभोगुन भनेर त्यो बेला स्थानीय एकजुट भएको उनी बताउँछन्।

उनले भने, 'उति बेला अहिलेको जस्तो मेसिनको सुविधा थिएन, हामीहरुले पहरोमा गल गाडेर, गलमा लट्ठो बाँधेर त्यही लट्ठो कम्मरमा बाँधी झुन्डिएर भिर काटेर डोरेटो खनेका थियौँ, आचार्यले भने, अहिले 'म ७९ वर्षको भए, बाटो बन्न २६ वर्ष लाग्यो।'

अहिले उक्त सडकमा नाली बनाउने, पर्खाल लगाउनेलगायतका काम सकिएको निर्माण कम्पनीका इञ्जिनियर मनोज शर्माले जानकारी दिए। बैशाख महिनाभित्रै कालोपत्र समेत गरिसक्ने गरी काम भइरहेको शर्माले बताए। काम सुरु गरेको पाँच महिनामा संरचना निर्माणको ९५ प्रतिशत काम सकिएको उनी बताउँछन्। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२१३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend