बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

मध्यपहाडी लोकमार्ग : हरिचोक-याम्दी खण्ड कालोपत्र गरिँदै

बुधबार, वैशाख १० २०८२
मध्यपहाडी लोकमार्ग : हरिचोक-याम्दी खण्ड कालोपत्र गरिँदै

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार मंगलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको काम सुरु भएको हो।

कास्की- निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार मंगलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको काम सुरु भएको हो। 'अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गर्न थालेका छौँ', आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भने।

चालु आर्थिक वर्षभित्रमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ। 'सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनबाट थपिएको म्यादसमेत अहिले सकिएको छ। सरकारले पुनः म्याद थप गरे सोहीअनुसार हुन्छ। नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्छौँ', सुवेदीले भने।

निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित ४८ करोड रूपैयाँमा सडक निर्माणको सम्झौता भएको हो। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend