शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

भन्सार छलेर कपडा ल्याएको आरोपमा सात जनाविरुद्ध मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २३ २०७८
images
भन्सार छलेर कपडा ल्याएको आरोपमा सात जनाविरुद्ध मुद्दा

प्रज्ञापनपत्र बिनाका कपडा ल्याएको पाइएपछि भन्सार तथा कर छली गरेको पाइएकाले उनीहरु विरुद्ध उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ। 

images
images

काठमाडौं- भन्सार छलेर कपडा आयात गरेको अभियोगमा सात जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गराएको छ। 

images
images
images

प्रज्ञापनपत्र बिनाका कपडा ल्याएको पाइएपछि भन्सार तथा कर छली गरेको पाइएकाले उनीहरु विरुद्ध उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ। 

images
images

अभि ट्रेडर्स कलैया ७ बाराको मिति २०७८/८/३ गतेको विजक नं. ७१ बमोजिमको प्लाष्टिकको दाना बोकेको ना ७ ख ७२५ नम्बरको ट्रकमा चालक बिशाल राईले विल विजक तथा प्रज्ञापण पत्र विनाको ३१ पोका कपडाहरु बीरगंजबाट लुकाई छिपाई काठमाण्डौंतर्फ ओसार पसार गरीरहेको अवस्थामा बरामद भएकोले भन्सार महसुल तथा मुल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले जानकारी दिएको छ। 

images
images

अभियुक्तहरुले भन्सार तथा भ्याट बापत ५८ लाख ७९ हजार ७४६ रुपैयाँ कर छली गरेकाले त्यति नै मात्राको जरिबाना तथा जेल सजाया माग गर्दै विभागले मुद्दा दर्ता गराएको हो। 

 


प्रकाशित : आइतबार, माघ २३ २०७८०९:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend