बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

अवरुद्ध नारायणगढ-बुटवल सडक खुल्यो

बुधबार, वैशाख १० २०८२
अवरुद्ध नारायणगढ-बुटवल सडक खुल्यो

सडक अवरुद्ध हुँदा बीच बाटोमै अलपत्र परेका सयौँ सवारीसाधन बाटो खुलेसँगै गन्तव्यतर्फ लागेका छन्।

नवलपरासी- सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने क्षेत्रमा मंगलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्छाइएको थियो। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए। 

हाल दाउन्ने खण्डमा राति ११:०० देखि बिहान ५:०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend