बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

गभर्नर नियुक्ति थप अन्योल बन्दै, सिफारिस समिति सदस्य भट्टराईले दिए राजीनामा

मंगलबार, वैशाख ९ २०८२
गभर्नर नियुक्ति थप अन्योल बन्दै, सिफारिस समिति सदस्य भट्टराईले दिए राजीनामा

सरकारले नियुक्त गरेको गभर्नर सिफारिस समिति सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएसँगै गभर्नर नियुक्ति प्रक्रिया जटिल बन्दै गएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया थप अन्योलतातर्फ धकेलिएको छ। सरकारले नियुक्त गरेको गभर्नर सिफारिस समिति सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएसँगै गभर्नर नियुक्ति प्रक्रिया जटिल बन्दै गएको छ।

संयोजकले अहिलेसम्म सिफारिस समितिको बैठक राख्न नसकेको र आफ्नो भूमिका नै प्रस्ट नभएको भन्दै आफूले राजीनामा दिएको भट्टराईले बताएका छन्।

'एक महिना बित्दा पनि संयोजकले गभर्नर सिफारिस समितिको बैठक नै आह्वान गर्न सक्नुभएन। सरकारले छानेको पात्र सिफारिस गर्नुपर्ने भएका कारण हाम्रो भूमिका नै प्रस्ट नभएकाले राजीनामा दिएको हुँ', भट्टराईले भने।

चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंकको गभर्नर पद रिक्त छ। गभर्नर पद रिक्त भएसँगै कामु गभर्नर नीलम ढुंगानाको भरमा राष्ट्र बैंक सञ्चालन भइरहेको छ।

राष्ट्र बैंक ऐनले गभर्नर नियुक्ति प्रक्रिया एक महिना अगाडि नै गर्नुपर्ने भए पनि गभर्नर सिफारिस समिति बैठक नै नबसी भट्टराईले राजीनामा दिएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष उनले राजीनामा बुझाएका हुन्।


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend