बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

जै घाँस लगाउने किसानलाई पोखरा महानगरले आर्थिक सहयोग गर्ने

मंगलबार, वैशाख ९ २०८२
जै घाँस लगाउने किसानलाई पोखरा महानगरले आर्थिक सहयोग गर्ने

यसवर्ष कुल एक हजार ९४२.४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी ६३८ रूपैयाँका दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम गरिने भएको छ।

गण्डकी- पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग गर्ने भएको छ। यसका लागि महानगरपालिकाले १२ लाख ३९ हजार रूपैयाँ सहयोग गर्ने भएको छ।

महानगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गरी घाँसखेती प्रवर्द्धन गर्ने उद्देश्यका साथ चार वर्षयता जै घाँस लगाउने किसानलाई सहयोग गर्दै आएको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा अशेषराज विकले जानकारी दिए।

उनका अनुसार यसवर्ष कुल एक हजार ९४२.४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी ६३८ रूपैयाँका दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम प्रदान गरिने भएको छ।

यसअन्तर्गत बीउका लागि पाँच लाख ५९ हजार रूपैयाँ र खनजोतका लागि ६ लाख ७९ हजार रूपैयाँ विनियोजन गरिएको प्रमुख डा विकले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend