बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

काभ्रेका बाढीपहिरो पीडितलाई अस्थायी आवास निर्माण गर्न अनुदान वितरण

मंगलबार, वैशाख ९ २०८२
काभ्रेका बाढीपहिरो पीडितलाई अस्थायी आवास निर्माण गर्न अनुदान वितरण
फाइल तस्बिर

पहिलो चरणमा महाभारत गाउँपालिकामा १७, बेथानचोकमा २ सय ३९ र नमोबुद्ध नगरमा ८ सय २४ घर परिवारका लागि रकम माग गरिएको थियो।

काभ्रेपलाञ्चोक- गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका सर्वसाधारणलाई अस्थायी आवास निर्माण गर्न सरकाले १० स्थानीय तहमा अनुदान वितरण थालेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले दुई हजार ८९५ घरपरिवारलाई पहिलो किस्ताबापत २५ हजार रूपैयाँ प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। 

'माग भएअनुसार जिल्ला प्रशासन कार्यालयलाई रकम प्राप्त भएको र गत आइतबारदेखि प्रभावित परिवारलाई वितरण गरिरहेका छौँ,' उनले भने। 

प्राधिकरणले दोस्रो किस्ताबापत २५ हजार रूपैयाँ उपलब्ध हुने जनाएको छ। पहिलो चरणमा महाभारत गाउँपालिकामा १७, बेथानचोकमा २ सय ३९ र नमोबुद्ध नगरमा ८ सय २४ घर परिवारका लागि रकम माग गरिएको थियो। 

प्राधिकरणले निजी आवास पूर्णरुपमा क्षति भएको, आंशिक क्षति भएता पनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णयअनुसार चरणबद्ध रुपमा अनुदान रकम निकासा गरिएको जनाएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend