शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

चुरे फेदीको पिल्लरी गाउँमा ४३ लाख लागतमा सिँचाइ आयोजना निर्माण

images
मंगलबार, वैशाख ९ २०८२
images
चुरे फेदीको पिल्लरी गाउँमा ४३ लाख लागतमा सिँचाइ आयोजना निर्माण
फाइल तस्बिर

आकासे पानीका भरमा खेती हुँदै आएकामा सिँचाइ आयोजना निर्माण हुने भएपछि किसान खुसी भएका छन्।

images
images

कञ्चनपुर- चुरे फेदीको शुक्लाफाँटा नगरपालिका-८ स्थित पिल्लरी गाउँमा सिँचाइ आयोजना निर्माण भइरहेको छ।

images
images
images

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले ४३ लाख ८२ हजार ३९३ रूपैयाँको लागतमा ठेक्का प्रक्रियामार्फत सिँचाइ आयोजनाको काम अगाडि बढाएको हो।

images
images

आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी गत चैत ६ गते न्यू बम्बादेवी निर्माण सेवासँग कार्यालयले सिँचाइ आयोजना निर्माणका लागि ठेक्का सम्झौता गरेको शुक्लाफाँटा-८ का वडाध्यक्ष बहादुरसिंह महराले जानकारी दिए। उनका अनुसार सम्झौताअनुसार ६४ बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने गरी काम अगाडि बढाइएको छ। 

images
images

आयोजनाअन्तर्गत पम्प हाउस, वितरण प्रणाली, विद्युतीकरण र पानी संकलनका लागि ट्यांकी निर्माण गरिने वडाध्यक्ष महराले जानकारी दिए। उनका अनुसार हाल पानी सङ्लन गर्न ट्यांकी निर्माण, पाइपलाइन बिछ्याउने र सिँचाइ बोरिङ गाड्ने काम भइरहेको छ।

चुरे फेदीको बस्ती भएकाले यस क्षेत्रका कृषिकर्ममा संलग्न किसानले सिँचाइको अभाव खेप्दै आएका थिए। आकासे पानीका भरमा खेती हुँदै आएकामा सिँचाइ आयोजना निर्माण हुने भएपछि किसान खुसी भएका छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend