शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

नौ महिनामा बागमती प्रदेश सरकारको ३२ प्रतिशतमात्रै बजेट खर्च

images
मंगलबार, वैशाख ९ २०८२
images
नौ महिनामा बागमती प्रदेश सरकारको ३२ प्रतिशतमात्रै बजेट खर्च

प्रदेश सरकारले आव २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रूपैयाँको बजेट ल्याएको थियो।

images
images

बागमती- आर्थिक वर्ष २०८१ /८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ।

images
images
images

प्रदेश सरकारले आव २०८१/८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८ दशमलव २४ प्रतिशत र चालुतर्फ ४० दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए।

images
images

उनका अनुसार चालु आव २०८१/८२ को नौ महिनामा पुँजीगततर्फ १० अर्ब ४९ करोड सात लाख ११ हजार रूपैयाँ र चालुतर्फ १० अर्ब ४९ करोड सात लाख ५५ हजार रूपैयाँ गरी २० अर्ब ९८ करोड १४ लाख ६६ हजार रूपैयाँ बजेट प्रदेश सरकारले खर्च गरेको छ।
 
प्रदेश सरकारले आव २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रूपैयाँको बजेट ल्याएको थियो। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ।

images
images

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८ दशमलव ४३ प्रतिशत, प्रदेशसभा सचिवालयले ४३ दशमलव ६९ प्रतिशत बजेट खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १६ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ। 

आवको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र केही महिनाअघिबाट मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी सञ्ज्यालले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend