शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ परिवालाई २१ करोड ७८ लाख रूपैयाँ मुआब्जा वितरण

images
मंगलबार, वैशाख ९ २०८२
images
मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ परिवालाई २१ करोड ७८ लाख रूपैयाँ मुआब्जा वितरण

केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो।

images
images

तनहुँ- जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ। केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो।

images
images
images

जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९६७ रूपैयाँ रकम प्रदान गरिएको केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमले जानकारी दिए। उनका अनुसार जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार ६ सय ५२ रूपैयाँ र घर टहराका लागि तीन करोड ९० लाख ९९ हजार ३१५ रूपैयाँ वितरण गरिएको छ।

images
images

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६८० रूपैयाँका दरले जग्गाको मुआब्जा निर्धारण गरिएको थियो। 

images
images

आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटका बासिन्दा डुबानमा परेपछि मुआब्जाका लागि आन्दोलन गर्दै आएका थिए। अहिले मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका छन्।

केन्द्रको बाँध किनारमा रहेका स्थानीयको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि निर्धारण गरिएको मुआब्जा वितरण कार्य पूरा भएको केन्द्रका प्रमुख गौतमले जानकारी दिए। उनका अनुसार ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले सो क्षेत्रको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरिएको हो।

मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए। मुआब्जा पाउन संघर्ष गर्नुपरेको भन्दै ढिलै भए पनि मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend