बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

काठमाडौं आइपुगे भारतीय विद्युतमन्त्री खट्टर

मंगलबार, वैशाख ९ २०८२
काठमाडौं आइपुगे भारतीय विद्युतमन्त्री खट्टर

भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न हतोत्साहित भइरहेको चर्चाका बीच लगानीकर्ताको मनोबल बढाउने गरी विभिन्न छलफल तथा कार्यक्रममा समेत उनले भाग लिनेछन्।

काठमाडौं- भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन्। ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री खट्टर नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन्।

भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न हतोत्साहित भइरहेको चर्चाका बीच लगानीकर्ताको मनोबल बढाउने गरी विभिन्न छलफल तथा कार्यक्रममा समेत मन्त्री खट्टरले भाग लिनेछन्।

भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा-बसन्तपुर-बानेश्वर-तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उनले भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन्। सोहीदिन दुई देशले संयुक्तरुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।

बैशाख १० गते भारतका विद्युतमन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ। सोहीदिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

विद्युतमन्त्री खट्टरले सोहीदिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ।

 


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend