शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मेडिकल कलेजहरू धमाधम उद्योगमा दर्ता हुँदै, सुनिल शर्माको नोबेल मेडिकल कलेजको लगानी ५ अर्ब ४५ करोड 

images
आइतबार, माघ २३ २०७८
images
मेडिकल कलेजहरू धमाधम उद्योगमा दर्ता हुँदै, सुनिल शर्माको नोबेल मेडिकल कलेजको लगानी ५ अर्ब ४५ करोड 

उद्योगमा परिणत भएको नोबल मेडिकल कलेज टिचिङ अस्पतालमा १ हजार १ सय ७० जनाले रोजगारी पाउने र १५ सय केभिए बत्ती खपत हुने जनाइएको छ।

images
images

काठमाडौं- कम्पनीमा दर्ता हुँदै सञ्चालनमा रहेका मेडिकल कलेजहरू अहिले उद्योगमा दर्ता हुन थालेका छन्। कम्पनीमा मात्रै दर्ता हुँदा उद्योगका सुविधा नपाउने भएपछि मेडिकल कलेजहरू उद्योगमा दर्ता गर्न जान थालेका हुन्।

images
images
images

उद्योग विभागमा अनुसार मोरङको विराटनगरमा सञ्चालन भइरहेको नोबेल मेडिकल कलेज टिचिङ अस्पताल प्रालि उद्योगमा दर्ता हुन आएको छ। नोबेल कलेजका सञ्चालक सुनिल शर्मा हुन्। शर्माको नोबेलसँगै काठमाडौंको सिनामंगलमा रहेको केएमसी मेडिकल कलेजमासमेत लगानी रहेको छ।

images
images

शर्माले दुईवटै मेडिकल कलेज उद्योगमा दर्ता गराउने प्रक्रिया सुरु गराएका थिए। तर केएमसीको केही कागजपत्र नपुग्दा उद्योगमा दर्ता हुन सकेका छैन। दर्ताको प्रक्रियामा नै रहेको छ। 

images
images

नोबेल मेडिकल कलेज टिचिङ अस्पताल प्रालि भने उद्योगमा दर्ता भइसकेको छ। शर्माले कलेज उद्योगमा दर्ता गर्दा लगानी विवरणसमेत उल्लेख गरेका छन्।

नोबल मेडिकल कलेज सन् २००४ देखि सञ्चालनमा आएको हो। १८ वर्षपछि कलेज उद्योगमा दर्ता भएको हो। कलेजमा ५ अर्ब ४५ करोड रूपैयाँ लगानी रहेका छ। मेडिकल कलेजमा सञ्चालन भएको अस्पतालमा ३ सय वेड रहेका छन्।

कलेजले वार्षिक १ सय ८१ जनालाई मेडिकल डिग्री अध्ययन गराउने र १ सय ८१ जनालाई नै सीटीईभीटी कोर्ष अध्ययन गराउने भन्दै उद्योगमा दर्ता भएको छ। उद्योगमा परिणत भएको नोबल मेडिकल कलेज टिचिङ अस्पतालमा १ हजार १ सय ७० जनाले रोजगारी पाउने र १५ सय केभिए बत्ती खपत हुने जनाइएको छ।
 

 


प्रकाशित : आइतबार, माघ २३ २०७८०८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend