शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अउडीले भारतमै विद्युतीय कार उत्पादन गर्ने

आइतबार, माघ २३ २०७८
अउडीले भारतमै विद्युतीय कार उत्पादन गर्ने

अउडीले २०३३ बाट विश्वभर विद्युतीय कारमात्र उत्पादन र बिक्री गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

काठमाडौं- जर्मन विलाशी कार निर्माता कम्पनी अउडीले भारतमै विद्युतीय कार उत्पादन गर्ने योजना बनाएको छ। कम्पनीले भारतमा बिक्री हुन सक्ने विद्युतीय कारको संख्या लगागत विषयमा विश्लेषण गररे ठोस निर्णय लिने बताएको छ। 

अउडीले २०३३ बाट विश्वभर विद्युतीय कारमात्र उत्पादन र बिक्री गर्ने घोषणा यसअघि नै गरिसकेको छ। भारतमा विद्युतीय कारको चर्चा र बिक्री बढ्न थालेपछि अउडीले भारतमै विद्युतीय कारक उत्पादन गर्ने योजना बनाएको हो। 

भारतमा विद्युतीय सवारीको विस्तारबारे अध्ययन भइरहेकाले निष्कर्ष पछि ठोस कदम चाल्ने अउडी इन्डियाका प्रमुख बलवीरसिंह धिलनले बताए। यता अर्को जर्मन विलाशी कार उत्पादक मर्सिडिज बेन्जले २०२२ भित्रै भारतमा पूर्ण विद्युतीय कार इक्यूएस एसेम्बल गर्ने बताइसकेको छ। मर्सिडिजको यो निर्णयले पनि अउडी दबाबमा परेको हो। 

पछिल्लो ७ महिनामा अउडीले भारतमा ५ वटा विद्युतीय कार सार्वजनिक गरिसकेको छ। अउडीले इट्रोन ५०, इट्रोन ५५, इट्रोन स्पोर्टब्याक ५५, इट्रोन जीटी र आरएस इट्रोन जीटी कार भारतमा बिक्री गर्दै आएको छ। अउडीले भारतमा २०२१ मा ३ हजार २ सय ९३ वटा कार बिक्री गरेको हो। २०२० मा १ हजार ६ सय ३९ वटा मात्र कार बिक्री गरेको थियो।


प्रकाशित : आइतबार, माघ २३ २०७८०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend