आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

म्याग्दीको माथिल्ला भेग आन्तरिक पर्यटकले भरिभराउ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २३ २०७८
images
म्याग्दीको माथिल्ला भेग आन्तरिक पर्यटकले भरिभराउ
images
images

गलेश्वर- म्याग्दीका माथिल्लो क्षेत्र यतिखेर आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। हिउँमा खेल्न लेकमा जाने  आन्तरिक पर्यटकले जिल्लाका माथिल्लो क्षेत्र भरिएका हुन्। हिउँसँग रमाउन र दृश्यावलोकन गर्न लेकतर्फ उक्लिएको बेनी नगरपालिका-२ का सन्तोष खड्काले बताए।

images
images
images

'मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिइनँ, यस वर्ष हिउँ खेल्न लेकतिर उक्लिएको हुँ', उनले भने, 'धेरै वर्षपछि लेकमा पुगेर साथीहरूसँग हिउँ खेल्दा निकै आनन्द आयो।'

images
images

उनीसँगै हिउँ खेल्न जिल्लको पर्यटकीय क्षेत्र टोड्केमा पुग्नुभएका सुमन रिजालले पनि पहिलोपटक हिउँ खेल्न पाउँदा निकै आनन्द आएको बताए। 'चिसो लाग्ला भन्ने डरलाई हिउँ खेल्दाको आनन्दले जित्यो', उनले भने, 'यहाँको दृश्य र हिउँको रमाइलोले सबै कुरा बिर्साउँदोरहेछ।'

images
images

जिल्लाका छवटै स्थानीय तहका माथिल्लो क्षेत्रमा तीन दिनसम्म भारी हिमपात भएको थियो। सरदमुकाम बेनी बजारबाट नै गाउँका डाँडामा परेको हिउँको दृश्यावलोकन गर्न सकिने भए पनि हिउँसँग खेल्न लेकमा नै उक्लनुपर्दछ। जिल्लाका पर्यटकीयस्थल घोडेपानी, रुइसे, टोड्के, झाँक्रीपानीलगायतका स्थानमा हिउँ खेल्न शनिबार उल्लेख्य मात्रामा आन्तरिक पर्यटक पुगेका थिए। सदरमुकाम बेनीबजारबाट ती क्षेत्रमा पुग्न गाडीमा दुईदेखि पाँच घण्टाको समय लाग्छ। यातायातको सुविधा भएको हुनाले पनि पछिल्लो समय म्याग्दीका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको पर्यटन व्यवसायी बताउँछन्।

बेँसीबाट हिउँ खेल्न मानिस पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ। 'हिउँमा खेल्न आएका मानिसले केही न केही खानेकुरा किनेर खाने गर्छन्, यका कारण यहाँको व्यापार बढेको छ', होटल व्यवसायी मोहन खत्रीले बताए। हिउँ खेलेपछि मानिस खाजाका लागि प्रायः होटलमा छिर्ने गरेको जनाउँदै उनले हिमपातका कारण स्थानीय होटल व्यवसायीलाई बढी फाइदा भएको जानकारी दिए।

शनिबार म्याग्दीको पर्यटकीयस्थल टोड्केमा मात्रै हिउँ खेल्नका लागि ३०० भन्दा बढी युवायुवती पुगेका टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ। समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेको टोड्केबाट संसारको सातौँ अग्लो हिमाल धवलागिरि, दशौँ अग्लो अन्नपूर्ण तथा निलगिरि, माछापुच्छे, गुर्जा, चुरेन, मानापाथीलगायतका दर्जनौँ मनोरम हिमशृङ्खला देखिनुका साथै यस समय वनैभरि राताम्यै फुलेको लालीगुराँससग रमाउन पाइन्छ। रासस


प्रकाशित : आइतबार, माघ २३ २०७८०६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend