काठमाडौं- कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य आज शुक्रबार भने केही घटेको छ। लगातार कीर्तिमान बनाइरहेको सुनको मूल्य शुक्रबार ८ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन कीर्तिमानी मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। जुन अहिलेसम्मकै उच्च मूल्य हो।
अमेरिका र चीनबीच चर्किँदो व्यापार युद्धले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाइरहेका बेला लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ लाग्दा सुनको मूल्य बढिरहेको देखिन्छ।
यस्तै बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार पनि मूल्य घटबढ भएको छैन।