शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको १० हजार रुपैयाँ अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ४ २०८२
हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको १० हजार रुपैयाँ अनुदान

महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए।

गण्डकी- पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार १० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ।

महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए।

पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उनले बताए।

गत भदौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए। महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो। रासस

प्रकाशित : बिहीबार , वैशाख ४ २०८२१०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend