शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आलुखेतीमा तीन महिनामा आठ लाख रुपैयाँ आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ४ २०८२
आलुखेतीमा तीन महिनामा आठ लाख रुपैयाँ आम्दानी

यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए।

सुनसरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए। उनले सबै खर्चसहित ६ लाख खर्च गरेका थिए। त्यसबाट करिब १४ लाखको आलु उत्पादन गरिएको उनले बताए।

तीन महिना मेहनत गरेर आलुखेतीबाट ८ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ। १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख आम्दानी भएको उनले बताए।

‘विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ। तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ। यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भने।

यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए।

यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उनले बताए। समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२०९:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend