काठमाडौं- कुमारी बैंकले नयाँ योजना 'टपअप र फोनपे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ' सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन्, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रूपैयाँको मोबाइल रिचार्ज उपहारसमेत रहेको छ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० रूपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रूपैयाँको फोनपे डिरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ। यस प्रक्रियालाई पूरा गरेपछि ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार (आईफोन १६) को लागि स्वतः योग्य हुने बैंकले जनाएको छ।
यसअन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले १०० रूपैयाँको मोबाइल टपअप जित्न सक्नेछन्।
साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरुप नयाँ आईफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन्।
यही बैशाख १ गतेदेखि सुरु भएको यो योजना बैशाख ३१ सम्म सञ्चालन हुनेछ।
यस योजनाले ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्नुका साथै मोबाइल टपअप र फोनपे डिरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै डिजिटल बैंकिङ सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने विश्वास बैंकको छ।
कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।