काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलाकै एक लाख ८७ हजार रूपैयाँ पुगेको छ।
मंगलबार प्रतितोला एक हजार ७ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको हो।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रूपैयाँ पुगेर रेकर्ड कायम भएको थियो। बुधबार पुन: उकालो लाग्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।
यो साता मंगलबार तोलामा १५ रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।
बुधबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।