शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जुम्लाको तातोपानीमा ५७ लाख ६१ हजारको लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ३ २०८२
जुम्लाको तातोपानीमा ५७ लाख ६१ हजारको लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण

५७ लाख ६१ हजार रुपैयाँको लागतमा ५० घनमिटरको रिजर्भ ट्यांकी र दुईवटा १० घनमिटरका सहायक ट्यांकी निर्माण गरिएको छ।

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका-६ स्थित धौलापानीमा ५७ लाख ६१ हजार रुपैयाँको लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ। 

कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा ५० घनमिटरको रिजर्भ ट्यांकी र दुईवटा १० घनमिटरका सहायक ट्यांकी निर्माण गरिएको छ। 

लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन्। रासस


प्रकाशित : बुधबार, वैशाख ३ २०८२१०:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend