काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
गत आइतबार कीर्तिमानी मूल्य प्रतितोला एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार ७ सय रूपैयाँले घटेर एक लाख ८४ हजार ३ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदी तोलामा १५ रूपैयाँले घटेर एक हजार ९ सय ४५ रूपैयाँमा खरिदबिक्री भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।