शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चिनियाँ गाडी ‘हवाल जोलीवन’ को नयाँ भेरिएन्ट नेपालमा सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
चिनियाँ गाडी ‘हवाल जोलीवन’ को नयाँ भेरिएन्ट नेपालमा सार्वजनिक

ग्रेट वाल मोटर्स नेपाल लिमिटेड (जिडव्लुएम) ले हभाल जोलीवन नयाँ भेरिएन्ट ल्याउने भएको छ। कम्पनीले आकर्षक फिचरहरु सहितको टप भेरिएन्टमा हवाल जोलीवन नेपालमा सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

काठमाडौं- ग्रेट वाल मोटर्स नेपाल लिमिटेड (जिडव्लुएम) ले हभाल जोलीवन नयाँ भेरिएन्ट ल्याउने भएको छ।

कम्पनीले आकर्षक फिचरसहितको टप भेरिएन्टमा हवाल जोलीवन नेपाल ल्याउन लागेको कम्पनीले जनाएको छ। उक्त मोडल ६० वटा देशमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको छ। हवाल विगत ११ वर्ष देखि चीनमा एसयुभी सेगमेन्टमा बिक्री हुदैं आएको मोडल हो । 

कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित जोलीवनले गाडीहरुमा नयाँ सोचलाई मूर्तरुप दिने दावी कम्पनीले गरेको छ। १८ इन्च मोटो टायर तथा ६ सिट क्षमता गाडीमा रहेको छ।  गाडिको ३६० डिग्री भ्यु, १.५ पेट्रोल टर्वो इन्जिन गाडीका मूख्य विशेषता हुन् । 

कम्पनीले नेपालमा १९९८ देखि अटोमोबाइल निर्यात गर्न सुरु गरेको थियो।  विशेषगरी एसयुभि र पिकअप ट्रक समेत बिक्री गर्दै आएको छ। 

चीन बाहेक ६० राष्ट्रहरुमा छरिएर रहेका आफ्नो ५०० भन्दा धेरै वितरकमार्फत यस कम्पनीले आफ्नो उत्कृष्ट उत्पादनहरु बिक्री गरिरहेको दावी कम्पनीको छ।


प्रकाशित : सोमबार, भदौ २८ २०७८०७:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend