शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सेमिकन्डक्टर उपलब्धताको खराब अवस्था अन्त्य भइसकेको छैन : बोस

सोमबार, माघ २४ २०७८
सेमिकन्डक्टर उपलब्धताको खराब अवस्था अन्त्य भइसकेको छैन  : बोस

भारतसहित विश्वभरका कार उत्पादनहरुले सेमिकन्डक्टर अभाव कम हुन्छ भन्ने आसा गरिरहेका बेला उनको यो भनाइ आएको हो।

काठमाडौं- कार उत्पादनका लागि अत्यावश्यक सेमिकन्डक्टर (चिप) अभाव कायमै रहेको सर्वाधिक उत्पादक मध्येको एक बोसले जनाएको छ। कारोना महामारीका कारण सृजित सेमिकन्डक्टर अभाव अहिले पनि कायमै रहेको बोसले उल्लेख गरेको हो। 

सेमिकन्डक्टर अभावका कारण उपभोक्ताले हालसम्म आफूले चाहेको कार खरिद गर्न सक्ने अवस्था छैन। यही कारण विश्वका सबैजसो अटोमोबाइल कम्पनीहरुले अर्बौं डलर गुमाएका छन्। कार किन्न चाहने उपभोक्ताले महिनौं कुर्नुपर्ने अवस्था कायमै छ। 

‘सेमिकन्डक्टर अभावको खराब अवस्था सकियो भन्नेमा हामी स्थितिमा हामी छैनौं,’ बोस कम्पनीका अध्यक्ष स्टेफ हार्टङले भनेका छन्, ‘खतराको घण्टी अझै पनि बज्न सक्ने देखिन्छ।’ जर्मन म्यानुफ्याक्चरिङ समूह अन्तर्गतको यो कम्पनीले भारतमा उत्पादन सुरु गरेको १ सय वर्षसमेत मनाइ सकेको छ। 

भारतसहित विश्वभरका कार उत्पादनहरुले सेमिकन्डक्टर अभाव कम हुन्छ भन्ने आसा गरिरहेका बेला उनको यो भनाइ आएको हो। मुख्य गरि महगा कारको उत्पादनका लागि धेरै सेमिकन्डक्टर आवश्यक पर्छ। 

बोसले युरोपमा समेत सेमिकन्डक्टर उत्पादन गरिरहेको छ। बोसले उत्पादन गरेका सेमिकन्डक्टर मुख्य गरि सवारी उत्पादकहरुले नै प्रयोग गर्दै आएका छन्। अहिलेको सेमिकन्डक्टर अभावको अवस्थामा होमअप्लायन्स तथा कन्जुमर इलेक्ट्रोनिक्समा समेत माग धेरै भएकाले अवस्था थप जटिल भएको हार्टङले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। 

युरोपदेखि ताइवानसम्मका सेमिकन्डक्टर उत्पादकहरुले उत्पादन वृद्धिका लागि थप लगानी गर्ने घोषणा गत वर्ष नै गरिसकेका थिए। उनीहरुले गरेको घोषणा अनुसार थप सेमिकन्डक्टर उत्पादन बजारमा आउन यो वर्षको अन्त्यसम्म लाग्ने अनुमान गरिएको छ। 

भारतमा अहिले नै सेमिकन्डक्टरको अवस्था त्यति जटिल नभएपनि अब नयाँ सवारीको माग बढ्यो भने सेमिकन्डक्टर अभाव हुन सक्ने बोस ग्रुप इन्डियाका प्रमुख सोमित्रा भट्टाचार्य बताएका छन्। 

भारतीय सवारी उत्पादक कम्पनी टाटाले समेत सेमिकन्डक्टर उत्पादनमा लगानी गर्ने घोषणा गरेको थियो। तर उत्पादन कहिलेदेखि बजारमा आउँछ खुलाइएको छैन। नयाँ सवारी किन्न चाहनेहरुले अहिलेपनि केही महिना कुर्नुपर्ने अवस्था रहेको छ।


प्रकाशित : सोमबार, माघ २४ २०७८०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend