शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कृषकलाई चैते धानको बीउ अनुदानमा

सोमबार, चैत २५ २०८१
कृषकलाई चैते धानको बीउ अनुदानमा

पोखरा महानगरपालिकाअन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन्।

गण्डकी- पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ।

महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

चैते धानखेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उनले यस वर्ष पनि प्रतिरोपनी ५ सय रूपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिए।

महानगरपालिकाअन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन्। रासस


प्रकाशित : सोमबार, चैत २५ २०८११३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend