शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

टेस्लाले मागेको कर छुट दिन भारतद्वारा अस्वीकार

images
शुक्रबार, माघ २१ २०७८
images
टेस्लाले मागेको कर छुट दिन भारतद्वारा अस्वीकार

टेस्लाले २०२० मा भारतमा कम्पनी दर्ता गराएको भएपनि कर बढी भएको भन्दै कार बिक्री नगरेको हो। 

images
images

काठमाडौं- चर्चित अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले भारत सरकार समक्ष राखेको तयारी कारको आयातमा लाग्ने कर घटाउन राखेको प्रस्ताव अस्वीकार गरेको छ। टेस्लाको कार आयातमा भारत सरकारले लगाएको कर घटाउन प्रस्ताव अस्वीकार गरिएको भारतीय उच्च अधिकारीले बिहीबार बताएका हुन्। 

images
images
images

भारत सरकारले तयारी कारको आयातमा लाग्ने कर छुट दिनेभन्दा एसेम्बल गर्न प्रोत्साहन गरेकाले सो प्रस्ताव अस्वीकार गरिएको सेन्ट्रल बोर्ड अफ इन्डाइरेक्ट ट्याक्सेज एन्ड कस्टमस्का अध्यक्ष विवेक जोह्रीले बताएका हुन्। ‘विद्युतीय सवारी उत्पादनमा भारतीय कम्पनीहरु नै सक्रिय रहेको र थप लगानीहरु आउने क्रममा रहेकाले विद्युतीय कार आायातमा कर छुट दिन सकिने अवस्था रहेन,’ उनले भनेका छन्। 

images
images

मोदी सरकारले टेस्लालाई भारतमै कार उत्पादन गर्न भने प्रोत्साहन गरिनै रहेको छ। टेस्लाका सीईओ एलन मस्कले भने पहिलो कार आयात गर्ने र त्यपछि बजारको अवस्था हेरेर प्लान्ट स्थापना गर्ने बताएका छन्। त्यसका लागि सुरुमा भारत सरकारले कार आयातमा लाग्दै आएको १०० प्रतिशत करलाई घटाउनु पर्ने प्रस्ताव उनको छ। तर भारतले विद्युतीय कार आयातमा लाग्दै आएको कर घटाउने प्रस्ताव भने स्वीकार्य नरहेको प्रष्ट्याएको द इकोनोमिक टाइम्सले लेखेको छ। 

images
images

टेस्लाले गरेको उक्त प्रस्तावबारे भारतको नीति आयोगले अबको केही समयभित्रै निर्णय हुने दुई महिनाअघि बताएको थियो। कार आयात गर्दा लाग्ने कर महगो भएको भन्दै भारतमा टेस्लाले हालसम्म कार सार्वजनिक गरेको छैन। 

टेस्लाले २०२० मा भारतमा कम्पनी दर्ता गराएको भएपनि कर बढी भएको भन्दै कार बिक्री नगरेको हो। 

भारत सरकारले कर घटाएर कार आयात गर्ने भन्दा टेस्लाले भारतमै कार उत्पादन गरोस् भन्ने चाहना रहेको भारतीय अधिकारीहरुको भनाइ छ। भारतको ठूला उद्योग मन्त्रालय भने टेस्लाका कार आयातमा कर घटाउने भन्दा भारतमै एसेम्बल उद्योग स्थापना गराउनेतर्फ सहजीकरण गर्नुपर्ने पक्षमा देखिएको थियो। 

तर पछिल्लो पटक सेन्ट्रल बोर्ड अफ इन्डाइरेक्ट ट्याक्सेज एन्ड कस्टमस्का अध्यक्षले टेस्लाले राखेको कर घटाउने प्रस्ताव खारेज हुने बताएका हुन्। हाल भारतमा ४० हजार डलरभन्दा महँगा कारमा १०० प्रतिशत र त्यो भन्दा कम मूल्यका तयारी कार आयातमा ६० प्रतिशत भन्सार लाग्ने व्यवस्था छ। 

टेस्लाले भारत सरकारलाई तयारी कारमा ४० प्रतिशतमात्र कर लगाउन प्रस्ताव गरेको छ। टेस्लाको उक्त प्रस्ताव अस्वीकृत भएपछि अब टेस्लाले भारतमा कार आयात नै गर्छ वा एसेम्बल प्लान्ट स्थापना गर्छ भन्ने यकिन भइसकेको छैन।


प्रकाशित : शुक्रबार, माघ २१ २०७८११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend