शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेसन 

शुक्रबार, माघ २१ २०७८
देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेसन 

कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारीसाधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएको छ।  

काठमाडौं- नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारीको चार्जिङ स्टेसन विस्तार गर्ने भएको छ। कम्पनीले नेपालको सबै स्थानलाई समेट्नेगरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको जनाएको छ। 

कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारीसाधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएको छ।  

हुन्डाईको विद्युतीय गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव दिन र लामो दुरीको यात्रा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेसनहरु स्थापना गर्दै आएको छ। नेपालको सबै राजमार्ग र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि विद्युतीय सवारी चार्जिङ पोइन्ट नभएकोले कम्पनीले क्रमिकरुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै जाने जनाएको छ।  

हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेसनले चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको छ। हुन्डाईका चार्जिङ स्टेसनहरु मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिने दाबी कम्पनीको छ।

हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेसन निर्माण सकेकोले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य लिएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख सहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ। हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोवाइल उत्पादक मध्य हो। कम्पनीले गुणस्तरीय सवारी बनाउँदै आएको छ। 


प्रकाशित : शुक्रबार, माघ २१ २०७८०८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend