सोमबार, वैशाख २२ गते २०८२    
सोमबार, वैशाख २२ २०८२
images
images

खाँदबारीमा बजार अनुगमन : म्याद गुज्रेका सामग्री नष्ट

images
बिहीबार , चैत १४ २०८१
images
खाँदबारीमा बजार अनुगमन : म्याद गुज्रेका सामग्री नष्ट

बजार अनुगमनका क्रममा एक लाख १७ हजार रूपैयाँ बराबरको म्याद गुज्रेका सामग्री बरामद गरिएको छ।

images
images

संखुवासभा- धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले संखुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा एक लाख १७ हजार रूपैयाँ बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ।

images
images
images

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामग्री बेच्न नपाइने भएकाले उपभोग्य वस्तु वा सेवाको गुणस्तर परीक्षणलाई कार्यालयले तीव्र बनाएको जनाउँदै डिभिजन कार्यालयका अधिकृत आनन्द डंगोलले सदरमुकाम खाँदबारीका ६ वटा होटल र १३ वटा खाद्य पसलमा अनुगमन गरिएको बताए।

images
images

बरामद गरिएका खाद्य सामग्री आज जिल्ला प्रशासन कार्यालयका साथै घरेलु तथा साना उद्योग कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ। रासस

images
images


प्रकाशित : बिहीबार , चैत १४ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend