सोमबार, वैशाख २२ गते २०८२    
सोमबार, वैशाख २२ २०८२
images
images

देशमै उद्योग व्यवसाय गरेर आयआर्जन गर्न सकिने वातावरण निर्माण गर्न उद्योगमन्त्रीलाई नाडाको आग्रह

images
बुधबार, चैत १३ २०८१
images
देशमै उद्योग व्यवसाय गरेर आयआर्जन गर्न सकिने वातावरण निर्माण गर्न उद्योगमन्त्रीलाई नाडाको आग्रह

नेपालमै टायर उद्योगहरु खोलिए पनि त्यसका लागि स्ट्यानडर्डको व्यवस्था नभएको जिकिर गर्दै बुट मोडेलमा बाह्य लगानी नेपालमा ल्याउन सम्भव रहेको उनको भनाइ थियो।

images
images

काठमाडौं- सोमबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी विभिन्न विषयहरुमा छलफल गरेको छ। 

images
images
images

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको बताउँदै सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गरे। 

images
images

यसैक्रममा अध्यक्ष चौधरीले देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनु पर्ने भन्दै लुव्रिकेन्टस उद्योगका नाममा फिनिस्ड गुड नै नेपालमा ल्याएर बिक्री वितरण भइरहेकोले यसलाई रोक्नुपर्ने धारणा राखे। नेपालमै टायर उद्योगहरु खोलिए पनि त्यसका लागि स्ट्यानडर्डको व्यवस्था नभएको जिकिर गर्दे बुट मोडेलमा बाह्य लगानी नेपालमा ल्याउन सम्भव रहेको उनको भनाइ थियो। 

images
images

उक्त छलफलको क्रममा अध्यक्ष चौधरीले सरकारले देशका उद्योगी व्यवसायीहरुको लागि आफनो देशमै उद्योग व्यवसाय गरेर आर्यआर्जन गर्न सकिने वातावरण निर्माणका लागि समेत आग्रह गर्दै नाडाको तर्फबाट ६ बुँदे लिखित सुझावहरुसमेत पेस गरे। 

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारीसाधन पैठारीकर्ताहरुलाई ठूलो समस्या भइरहेकाले सो ऐन छिटो पारित गर्नका लागि आग्रह गरे। सोही भेटघाट तथा छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालका ब्याट्री उद्योगहरुको अवस्था बारेसमेत जानकारी दिँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउँबाट कुनै उपयुक्त स्थानमा स्थानान्तर गरी सञ्चालन गर्न सकिने र त्यस ठाँउलाई सेजको रुपमा प्रयोग गर्न सकिने धारणा राखेका थिए।  

सो छलफलको अन्त्यमा मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायको स्थितिबारे बिना कुनै जानकारी संसदमा प्रश्न उठ्ने गरेको गुनासो गर्दै नेपाल सरकारले खुल्ला बजार अर्थनीति अवलम्बन गरिरहेको बताए। उनले खुल्ला बजार अर्थतन्त्रमा ७०० प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने भन्दै नाडाका सुझावहरु राजस्व परामर्श समितिमा पठाउन अनुरोध गरे।

मन्त्री भण्डारीले एजेन्सी दर्ता सम्बन्धी नयाँ ऐन अहिलेसम्म पारित नभएको सन्दर्भमा तत्कालै सम्बन्धित मन्त्रालयबाट जानकारी लिँदै सो ऐन छिट्टै पारित हुने बताए। मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि उपयुक्त वातावरण सिर्जना गर्न आफु दत्तचित्त भएर लागिरहेको जिकिर गरे। 

उक्त  भेटघाट तथा छलफलमा सो मन्त्रालयका वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत तथा नाडाकोतर्फबाट सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो।


प्रकाशित : बुधबार, चैत १३ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend