शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा थप लाग्ने १ खर्ब ७५ अर्ब व्यवस्थापनका लागि छलफल गरिँदै

बिहीबार , माघ २० २०७८
काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा थप लाग्ने १ खर्ब ७५ अर्ब व्यवस्थापनका लागि छलफल गरिँदै

काठमाडौं- काठमाडौं-तराई-मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरूसँग छलफल गर्ने भएको छ।

काठमाडौं-तराई-मधेश द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्नका लागि थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकाल्दै सो रकमको व्यवस्थापनका लागि सरकारका सरोकारवाला मन्त्रालयहरूसँग छलफल गर्ने भएको हो।

समितिको बिहीबार बसेको बैठकपछि समिति सभापति रामनारायण विडारीले द्रुतमार्ग सम्पन्न गर्नका लागि हालसम्म खर्च भइसकेको बाहेक थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको र त्यति रकमको स्रोत सुनिश्चित नहुञ्जेल काम अगाडी बढेमा काममा अवरोध हुने भएकाले रकम सुनिश्चितताका लागि सरकारका सम्बन्धित सरोकारवाला मन्त्रालयहरूसँग छलफल गरिने बताएको न्युज एजेन्सी नेपालले जनाएको छ। 

विडारीले विभिन्न मन्त्रालयहरूबीच समन्वय नभएका कारण काम गर्न ढिलाइ भइरहेको भन्दै मन्त्रालयहरूबीच समन्वय बढाएर काम सम्पन्न गराउने विषयमा पनि सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरि समितिले आगामी दिनमा निर्देशन दिने बताए।

 


प्रकाशित : बिहीबार , माघ २० २०७८१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend