शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

समिट रेसिडेन्सीमा आकर्षण, खुला गरिएजति सबै बुक 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २१ २०७८
images
समिट रेसिडेन्सीमा आकर्षण, खुला गरिएजति सबै बुक 

१७ तलामा युनिट अपार्टमेन्ट हुने प्रारम्भिक अनुमान गरिएको थियो। यसमा ११ तलासम्मका लागि बुकिङ खुला गरिएकोमा सबै बुकिङ भएको हो। 

images
images

काठमाडौं- ललितपुरमा निर्माण हुँदै गरेको पाँचतारे होटलसहितको समिट रेसिडेन्सी अपार्टमेन्टका लागि खुलाएको सबै बुकिङ भएको छ। 

images
images
images

समिटका मुख्य लगानीकर्तामध्येको एक एनई ग्रुपका निर्देशक रवीन्द्रभक्त श्रेष्ठका अनुसार अहिले खुला गरिएको प्री- बुकिङ भएको जानकारी दिए। 

images
images

'यकिन संख्या अझै तलमाथि हुनसक्छ। तर हामीले खुला गरेको जतिमा बुकिङ भइसकेको छ' उनले भने। 

images
images

१७ तलामा युनिट अपार्टमेन्ट हुने छ। यसमा कूल ११० युनिट अपार्टमेन्ट हुने छन्।  

समिट होटल भएको ठाउँमा अपार्टमेन्टसहितको होटल निर्माण हुने छ। यो ठाउँमा होटल भने सेन्ट रेगिज ब्रान्डबाट लक्जरी होटल सञ्चालन हुने छ। यस बाहेक अपार्टमेन्ट पनि पाँचतारे सुविधासहितको हुने छ। 

अपार्टमेन्ट भने दुई प्रकारका हुने यो परियोजनाको डिजाइन रहेको छ। समिट रेसिडेन्स र समिट सिग्नेचर रेसिडेन्स। अपार्टमेन्टका भवन ग्राउन्डबाहेक १७ तलाका हुनेछन्। पार्किङका लागि दुईतला बेसमेन्ट हुने छ। सिग्नेचर अपार्टमेन्ट भने लक्जरी स्वरुपमा हुने छ।

यसमा रुफटप स्वीमिङ पुल हुने छ। २ बिएचके, ३ बिएचके र ४ बिएचके गरी तीन प्रकारका अपार्टमेन्ट यो परियोजनामा अपार्टमेन्टको मूल्य ३ करोड रुपैयाँबाट सुरु हुने छ। 

अपार्टमेन्टसहितको होटल परियोजनामा विनोद चौधरी र रविभक्त श्रेष्ठको मुख्य सेयर छ। यो परियोजनाको पहिलो चरणमा कम्तिमा पाँच अर्ब लगानी हुने लगानीकर्ताको अनुमान छ। 

अहिले चल्तीमा रहेका भन्दा सुविधासम्पन्न र फरक मोडालिटीमा अपार्टमेन्ट ल्याउन खोजिएको श्रेष्ठले बताए। 

१६ रोपनी क्षेत्रफलमा फैलिएको क्षेत्रफलमा होटलसहितको सर्भिस अपार्टमेन्टको छुट्टै  हुने छ। तर अपार्टमेन्टको व्यवस्थापन होटलले गर्नसक्ने छ। 

बनेका अपार्टमेन्टमा कसैले चाहेमा किन्न सक्छन्। लालपूर्जासहितको अपार्टमेन्टको स्वामित्व ग्राहकको हुन्छ। तर त्यसको व्यवस्थापन होटलले  गर्छ। व्यवस्थापनबाट भएको आम्दानी अपार्टमेन्टको स्वामित्वकर्ता र होटलबीच बाँडफाँट हुने बिकल्प पनि दिइने श्रेष्ठले बताए। 

आवासीयका लागि भन्दा पनि अपार्टमेन्टमा लगानी गरेर त्यसबाट नियमित आम्दानी लिन खोज्नेका लागि यो परियोजनाले अवसर दिने छ। यस्तो अवधारणाको होटल परियोजना नेपालमै पहिलो हो। 

यसरी सञ्चालन हुने अपार्टमेन्टमा बस्नेका लागि अरू सामान्य अपार्टमेन्टको तुलनामा स्तरीय सुविधा हुने उनको भनाइ छ। होटलकै व्यवस्थापनमा सञ्चालन हुने त्यस्ता अपार्टमेन्टमा बस्नेले व्यवस्थित सुविधाको ग्यारेन्टी पाउने श्रेष्ठको दाबी छ।अपार्टमेन्टमै बस्न खोज्नेका लागि होटलको जस्तो सुविधा हुने छ। 


प्रकाशित : शुक्रबार, माघ २१ २०७८०२:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend