शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फूल बिक्री गरेर मासिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै छिन् सरिश्मा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ४ २०८१
फूल बिक्री गरेर मासिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै छिन् सरिश्मा

'पोखरा र काठमाडौंमा काम भइरहेको छ। ग्राहकलाई थप सहजता दिन काठमाडौंमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ।'

तनहुँ- यहाँको आँबुखैरेनी गाउँपालिका-३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा ३ हजार ५ सय रुपैयाँ लगानी गरेर फूलको व्यापार सुरु गरिन्।

फूलको व्यापार विस्तार गर्दै गुरुङले उनले सभासेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छिन्। हाल उनले मासिक दुई लाख रुपैयाँसम्म आम्दानी लिने गरेको बताइन्।

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाख रुपैयाँसम्मको कारोबार हुन्छ। अन्य समयमा मासिक आठ/नौ लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ। खर्च कटाएर मासिक करिब दुई लाख बचत हुने उनले बताइन्।

'पोखरा र काठमाडौंमा काम भइरहेको छ। ग्राहकलाई थप सहजता दिन काठमाडौंमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ', गुरुङले भनिन्।

अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन्। 'व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ', उनले भनिन्। रासस


प्रकाशित : सोमबार, चैत ४ २०८१०९:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend