शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फोर्डले विद्युतीय सवारीमा थप २० अर्ब डलर लगानी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
फोर्डले विद्युतीय सवारीमा थप २० अर्ब डलर लगानी गर्ने

अमेरिकाको दोस्रो ठूलो कार उत्पादन कम्पनी फोर्डले यसअघि नै विद्युतीय सवारी र ब्याट्रीको विकासका लागि २०३० भित्र ३० अर्ब डलर लगानी गर्ने बताइसकेको छ। 

काठमाडौं- अमेरिकी कार उत्पादक कम्पनी फोर्ड मोटर विद्युतीय सवारी उत्पादनमा निक्कै आक्रामक देखिएको छ। कम्पनीले यसअघि नै विद्युतीय कार, ब्याट्रीलगायतको विकासका लागि अर्बौं डलर लगानी गर्ने घोषणा गरिसकेको छ। कम्पनीले मंगलबार विद्युतीय सवारीमा थप २० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको हो। 

फोर्ड मोटरले आगामी ५ देखि १० वर्षभित्र १० देखि २० अर्ब डलर लगानी गर्ने बताएको हो। हाल कम्पनीको विश्वभर रहेका उत्पादन प्लान्टलाई विद्युतीयमा परिवर्तन गर्न उक्त लगानी गर्ने जनाएको छ। अमेरिकाको दोस्रो ठूलो कार उत्पादन कम्पनी फोर्डले यसअघि नै विद्युतीय सवारी र ब्याट्रीको विकासका लागि २०३० भित्र ३० अर्ब डलर लगानी गर्ने बताइसकेको छ। 

दुई अमेरिकी कार उत्पादक जनरल मोटर (जीएम) र फोर्ड तथा भोल्भो कारले विद्युतीय सवारीमा टेस्ला इंकसँग जुध्न संयुक्त प्रयास गर्ने सहमती समेत गरिसकेका छन्। 

फोर्डले विद्युतीय सवारी उत्पादनका लागि थप इन्जिनियर लिने, ब्याट्री प्रविधिलाई परिस्क्रित बनाउने र विस्तार गर्नेलगायतमा लगानी बढाउँदै जाने नीति लिएको छ। विश्वभर विद्युतीय सवारीको मागलाई सम्बोधन गर्ने सवारी उत्पादकहरुले अर्बौं डलर लगानी गरिरहेका छन्। 

२०२१ को अन्त्यतिर फोर्डले विद्युतीय सवारीमा केन्द्रित हुने भन्दै भारतीय उत्पादन समेत बन्द गर्ने निर्णय लिएको थियो।


प्रकाशित : बिहीबार , माघ २० २०७८०५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend