शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

न्यु ज्याक टी८ पिकअप सार्वजनिक हुँदै, बुकिङ खुल्यो

बुधबार, माघ १९ २०७८
न्यु ज्याक टी८ पिकअप सार्वजनिक हुँदै, बुकिङ खुल्यो

२.० लिटर इन्जिनमा उपलब्ध पावरफुल ज्याक टी८ को सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

काठमाडौं- सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा ज्याक(जेएसी) ब्रान्डको पिकअप ल्याउने भएको छ। कम्पनीले ज्याक टी८ डबल क्याब पिकअपको बुकिङ खुल्ला गरेको जनाएको छ। 

सांग्रिला मोटर्स गोल्छा अर्गनाइजेसन अन्तर्गतको अटोमोटिभ डिभिजन हो। यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ। गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको आधिकारिक बिक्रेता हो। कम्पनीले अटोमोबाइल बिक्री अर्को नयाँ ब्रान्ड ज्याक समेत थपेको हो। 

२.० लिटर इन्जिनमा उपलब्ध पावरफुल ज्याक टी८ को सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। सांग्रिला मोटर्स आफ्ना ग्राहकहरुका लागि विश्वस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ। त्यही अनुरुप कम्पनीले ज्याकको सोरुम र सर्भिस सेन्टर प्रशिक्षित कर्मचारीहरुका साथ उत्कृष्ट सेवाको सुनिश्चित गर्न नवीनतम उपकरणहरु सहित तयार भइसकेको जनाएको छ। 

ज्याक टी८ पिकअप विश्वका ४० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ। चीनको अटो उद्योगमा ५८ वर्षभन्दा बढी उत्कृष्ट रहेको ज्याक मोटर्स विश्वकै लोकप्रिय ब्रान्ड मध्ये एक बनेर उदाएको छ।  

Jac motors with bg.jpg

यो पिकअप ज्याक मोटर्सको आठौं पुस्ताको अन्तर्राष्ट्रिय प्लेटफर्ममा आधारित छ जसले स्थिरता, सुरक्षा र आराम प्रदान गर्दछ। टी८ लाइनअपमा फोर ह्वील डबल-क्याब रहेको छ जुन टी६ डबल–क्याब सेग्मेन्टभन्दा माथि प्रिमियम सेग्मेन्टमा रहेको छ। 

यसको शक्तिशाली नयाँ इन्जिन र जीवनशैली अनुरुप रहेका सुरक्षा सुविधाहरुका साथै आकर्षक डिजाइन पारिवारिक र उपयोगिता-आधारित ड्राइभको लागि लक्षित रहेको छ। ज्याक टी८ आफ्नो सेग्मेन्टमा उचित मूल्य भएको पिकअप ट्रक भएको दाबी कम्पनीको छ। 

इन्जिन

जर्मनीको एफईभीसँग मिलेर बनाइएको २.० लिटर टर्बो डिजेल इन्जिनले १ सय ३७ एचपी पावर र ३ सय २० एनएम टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गराउँछ। हालै इन्जिनियरिङ गरिएको र अधिक रेस्पोन्सिभ कमन-रेल टर्बो-डिजेल इन्जिनमा इन्टरकुलर र इलेक्ट्रिकल भेरिएबल जियोमेट्री टर्बोचार्जरको सुविधा रहेको छ। साथै, यो ६ स्पीड म्यानुअल ट्रान्समिसनसहित उपलब्ध छ। 

इटालियन आरएन्डडी इन्स्टिच्युटमा डिजाइन र विकास गरिएको ज्याकमा निट क्रिज, डिजाइन कर्भ र रोमन शिल्डबाट प्रेरित आकर्षक फ्रन्ट फेसिया आफ्नो प्रतिद्वन्दीभन्दा फरक देखिन्छ। टी८ को अगाडि हेक्सागनल एयर इनटेक ग्रिल, डेटाइम रनिङ लाइटस् भएको स्टाइलिस जेनोन हेडल्याम्प र अगाडिको बम्परमा फग ल्याम्प रहेको छ। 

इन्टेरियर

jac int.jpg

टी८ मा मल्टी-फङक्सन स्टेयरिङ ह्वील, समायोजन गर्न मिल्ने स्टेयरिङ कोलम, क्रुज कन्ट्रोल, रिभर्स क्यामेरा, रियर पार्क सेन्सर, रिमोट सेन्ट्रल लकिङसँगै अटो डोर लक र कम्प्युटर/मल्टी-इन्फरमेसन डिस्प्ले जस्ता विलासी आन्तरिक सुविधाहरु छन्। यसमा ब्लुटुथ सहितको ७ इन्चको टचस्कृन इन्फोटेनमेन्ट पनि छ। आकर्षक स्टाइल, उचित सामानहरु र उत्कृष्ट बनावटले टी८ लाई सधैं पहिलो रोजाइमा पार्ने निश्चित रहेको दाबी कम्पनीको छ। 

सुरक्षा विशेषता 

सुरक्षा सधैं ज्याक मोटर्सको प्राथमिकतामा रहँदै आएको छ। यसै अनुरुप यस गाडीमा सक्रिय र निश्क्रिय सुरक्षाका सुविधाहरु रहेका छन्। डुअल एयरब्याग, ट्रयाक्सन कन्ट्रोल सिस्टम, भेहिकल डाइनामिक्स कन्ट्रोल, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल र हिल-स्टार्ट होल्ड कन्ट्रोललगायत विशेषता छन्।

त्यस्तै फ्रन्ट र रियर डिस्क ब्रेक, एन्टि–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक-फोर्स डिस्ट्रिब्युसन, ब्रेक ओभरराइड सिस्टम, हाइड्रोलिक ब्रेक असिस्ट र टायर प्रेसर मनिटरिङ सिस्टम रहेको छ। यी सबैको काम चालक र यात्रीहरुको सुरक्षाका लागि नै हो। 

पिकअप ट्रकहरु धेरै काम गर्ने गाडीको रुपमा लिइन्छ। नेपालको भौगोलिक विविधता हेर्दा ज्याकको न्यु टी८ ले नेपाली बजारमा प्रदर्शनको हिसाबमा ग्राहकको मन जित्ने विश्वास कम्पनीको छ। अझ मूल्यअनुसारको यस गाडीले दिने सुविधाका कारण ग्राहकले ज्याक टी८ नै रोज्ने दाबी कम्पनीको छ। 


प्रकाशित : बुधबार, माघ १९ २०७८०६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend