शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

माघमा भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्स

images
सोमबार, फागुन २६ २०८१
images
माघमा भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्स
images
images

काठमाडौं- माघ महिनामा नेपालमा १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। पुस मसान्तसम्ममा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

images
images
images

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स ७.३ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिमा नेपालमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

images
images

गत आर्थिक वर्ष बढी रेमिट्यान्स आएकाले यस वर्षको वृद्धिदरमा कमी देखिएको राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ। गत वर्षको पुस मसान्तसम्ममा ७ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स आएकोमा यस वर्षको सोही अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको थियो। जसले गर्दा पुस मसान्तमा रेमिट्यान्स ४.१ प्रतिशतले बढेको थियो।

images
images

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृत लिने नेपालीको संख्या २ लाख ७४ हजार रहेको छ भने बिदामा नेपाल आएर  पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति १ लाख ९० हजार र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ५७ हजार रहेको थियो।


प्रकाशित : सोमबार, फागुन २६ २०८११७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend