आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बेनी थामडाँडामा श्रमदानबाटै सिँचाइ योजना मर्मत

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २१ २०८१
बेनी थामडाँडामा श्रमदानबाटै सिँचाइ योजना मर्मत

यसअघि दुई इञ्चको पाइप राखिएकोमा समस्या भएपछि पाइपलाइनको नयाँ मार्ग बनाएर रिजर्भ ट्यांकी आउटलेटबाट डेढ इञ्चको पाइप थपगरिएको समितिले जनाएको छ।

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन्। चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरुले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन्। 

गाउँनजिक रहेको, रिजर्भ ट्यांकीदेखि करिब पाँच सय मिटर दुरीको पाइपलाइनलाई परिवर्तन गरेर नयाँ पाइपलाइन विस्तार गरिएको बालमखोला सिँचाइ आयोजना उपभोक्ता मूल समितिका सचिव धनकाजी सुनारले जानकारी दिए। 

उनका अनुसार, ३५ घरधुरीबाट एक/एक जनाले श्रमदान गरेका थिए। यसअघि दुई इञ्चको पाइप राखिएकोमा समस्या भएपछि पाइपलाइनको नयाँ मार्ग बनाएर रिजर्भ ट्यांकी आउटलेटबाट डेढ इञ्चको पाइप थपगरिएको समितिले जनाएको छ। 

श्रमदानबाट पाइपलाइन मर्मत गरेपछि ३५ घरधुरीको १९० रोपनी खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको समितिका सचिब सुनारले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, फागुन २१ २०८१११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend