आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

इलाम रोङका ४ सय ५६ परिवार बेसारखेतीमा, तालिमसँगै र अनुदान पाएपछि सहज

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २१ २०८१
इलाम रोङका ४ सय ५६ परिवार बेसारखेतीमा, तालिमसँगै र अनुदान पाएपछि सहज

गैरीगाउँका हेम लाप्चा र रत्न लाप्चाले पनि जनही ४० केजी बेसार रोपेका थिए। मनग्य उत्पादन भएपछि उत्साहित उनीहरुले खेती विस्तार गर्ने योजना सुनाए।

इलाम- रोङ गाउँपालिका-४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा ४ सय ५६ घरपरिवार आबद्ध छन्। तीमध्ये १ सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन्।

 सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन्। गत वर्ष गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न सहकारीमार्फत तालिमसँगै र अनुदान उपलब्ध गराएपछि यहाँका किसान चिया र बेसारखेतीमा अकर्षित भएका हुन्।

बाँदरले दुःख दिएर खेती गर्न  मन नलागेका बेला रोङ-४ किटेनीकी उर्मिला गुरुङलाई सहकारीले बेसारको बीउ अनुदान दिएपछि उनले बारीभरि बेसार लगाएकी छिन्।

'एक रोपनी जमिनमा ४० केजी बेसार रोपेको दश ४०० केजी फल्यो। बाँदरले दुःख नदिने रहेछ। बजार खोज्नु पर्दैन, सहकारीले बारीबाट नै लैजान्छ', गुरुङले भनिन्, '४० केजी एक हजार छ सयका दरले बिक्री भयो।'

पहिले-पहिले खानका लागि मात्र रोपिने बेसार व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी हुन थालेको उनले बताइन्।

सोही वडास्थित गैरीगाउँका हेम लाप्चा र रत्न लाप्चाले पनि जनही ४० केजी बेसार रोपेका थिए। मनग्य उत्पादन भएपछि उत्साहित उनीहरुले खेती विस्तार गर्ने योजना सुनाए। 

सहकारीले किसानलाई पायक पर्ने ठाउँ छानेर संकलन केन्द्र तोकेको छ। त्यहाँबाट ३० प्रतिकिलोका दरले किसानले उत्पादन गरेको काँचो बेसार गरिद गर्ने गरिएको सहकारी संस्थाका व्यवस्थापक गणेश अर्यालले बताए।

‘प्याकेजिङ’, ‘ब्रान्डिङ’ र ‘लेभलिङ’ पनि सहकारीले नै गर्दै आएको छ। 'धेरैले सहकारी संस्थाको कार्यालयमा आएर समेत लैजान्छन्', उनले भने, 'गाउँपालिकामा आउने अतिथिलाई पालिकाले स्थानीय उत्पादन नै कोसेलीका रूपमा उपहार दिन्छ।' रासस 


प्रकाशित : बुधबार, फागुन २१ २०८११०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend