शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

'सेमिकन्डक्टर अभावको अवस्था अन्त्य भयो'

मंगलबार, माघ १८ २०७८
'सेमिकन्डक्टर अभावको अवस्था अन्त्य भयो'

सेमिकन्डक्टर अभावका कारण ज्यागुअर ल्यान्ड रोभर र टाटा मोटर्सको उत्पादन प्रभावित भएको थियो।

काठमाडौं- कोरोना महामारीका कारण विश्वभर देखिएको सेमिकन्डक्टर (चिप) अभावले सवारी उत्पादकहरुले ठूलो समस्या झेल्दै आएका थिए। यसका कारण हालसम्म पनि उपभोक्ताले आफूले चाहेका कार किन्न सकेका छैनन् भने उत्पादकको सप्लाई चेन सन्तुलित हुन सकेको छैन। 

अब भने सेमिकन्डक्टर अभावको अवस्था अन्त्य भएको भारतीय कार उत्पादक कम्पनी टाटा मोटर्स ग्रुपका एफसीओ पीबी बालाजीले बताएका छन्। सेमिकन्डक्टर अभावका कारण ज्यागुअर ल्यान्ड रोभर र टाटा मोटर्सको उत्पादन प्रभावित भएको थियो। अब अवस्था सामान्यउन्मुख रहेकाले आउँदो क्वाटरमा दुबै कम्पनीको उत्पादन बढ्ने उनको भनाइ छ। 

टाटा मोटर्सको प्यासेन्जर कार बिक्री वृद्धि छिट्टै दोहोरो अंकमा पुग्ने दाबी उनको छ। यसमा विद्युतीय कारले निक्कै सघाइरहेको र आउँदो समयमा झनै बढाउने बालाजीले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। हाल टाटा मोटर्सको प्यासेन्जर कार बिक्री वृद्धि ६ प्रतिशत हाराहारीमा रहेको छ। 

सेमिकन्डक्टर अभावका कारण गत आर्थिक वर्षको चौथो त्रैमासमा टाटाको स्वामित्वमा रहेको बेलायती ब्रान्ड ज्यागुअर ल्यान्ड रोभरको उत्पादन १ लाख २५ हजार वटामा सीमित भएको थियो। 

विश्वभर सेमिकन्डक्टरको उपलब्धता सहज हुँदै गएकाले अब कार उत्पादन बढ्ने विश्वास टाटा ग्रुपले लिएको छ। यसअघि सवारीको माग अनुसार आपूर्ति गर्न सकिरहेको थिएन। ‘अब सेमिकन्डक्टरको अभावको अवस्था अन्त्य भएको छ। अर्को क्वाटरबाट सवारी उत्पादन बड्ने र कम्पनीको बिक्रीमा समेत सकारात्मक नतिजा आउने छ,’ बालाजीले भने।


प्रकाशित : मंगलबार, माघ १८ २०७८१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend