शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

प्रतितोला एक हजार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

images
मंगलबार, फागुन २० २०८१
images
प्रतितोला एक हजार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला १४ सय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला २५ रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- यो साता आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने वृद्धि भएको छ। मंगलबार तोलामा एक हजार चारसय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ५ सय रूपैयाँ कायम भएको छ।

images
images
images

यो साता सोमबार र आइतबार सुन प्रतितोला एक लाख ६८ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

images
images

लगातार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ८ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, फागुन २० २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend