शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना खोल्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १८ २०७८
बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना खोल्ने

काठमाडौं- बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ। थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको  बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ।

बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल पनि भइरहेको जानकारी दिँदै त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग पनि छलफल गर्ने बताए।

धेरै खर्चभन्दा सानो खर्चमा हुने उद्योग खोल्ने उनले बताए। मन्त्रिपरिषद् बैठकले  प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने बहुवर्षीय ठेक्काको पनि मापदण्ड तय गर्ने र प्रदेश किताबखाना सञ्चालनमा ल्याउने निर्णयसमेत बैठकले गरेको छ।

बैठकले सामुदायिक विद्यालयमा अध्ययन गरेका सबै छात्रालाई स्नाकोत्तरको शिक्षा निःशुल्क गर्नेसमेत निर्णय भएको प्रवक्ता खनालले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, माघ १८ २०७८०५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend