शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

सरकारले बढायो दूधको मूल्य, किसानले अब प्रतिलिटर ५६.०४ रूपैयाँ पाउने

मंगलबार, माघ १८ २०७८
सरकारले बढायो दूधको मूल्य, किसानले अब  प्रतिलिटर ५६.०४ रूपैयाँ पाउने

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाएको छ। मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो।  

सरकारले दूधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ। यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो।  

किसानहरूले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए। आफूहरूको माग पूरा नभए आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका थिए। दूधको मूल्यमा प्रतिलिटर १५ देखि २० रूपैयाँसम्म बढाउनुपर्ने उनीहरूको माग गरेका थिए।

हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पर्ने गरेको छ। पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्य बढउन दुग्ध उत्पादक सहकारी सङ्घले माग गरेको थियो। 

 


प्रकाशित : मंगलबार, माघ १८ २०७८०२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend